कथा - जीवन को महत्व
एउटा गाउमा योगी (गुरु ) बस्नु हुन्थ्यो र उहाले बिभिन्न प्रबचन को माध्यमबाट गाउबासी लाई सद्बाटो मा हिंड्न प्रेरणा तथा निर्देशन् दिनुहुन्थ्यो । यसै क्रममा एक दिन सयौ गाउले हरुलाई प्रबचन दिदै हुनुहुन्थ्यो , योगी (गुरु ) ले आफ्नो खल्ती बाट ५०० रुपैया को नोट निकालेर सबैलाई देखाउनु भयो र भन्नुभयो " यो ५०० को नोट कस्ले लिन चाहन्छ ?" गाउले हरु सबैले हात उठाउन सुरु गरे .
योगी (गुरु) ले फेरी भन्नु भयो , "म यो ५०० को नोट तिमीहरु मध्य कुनै एक्जनालाई मात्र दिनेछु तर त्यो भन्दा पहिले म यो नोट लाई यसो गर्छु " भन्दै ऊहाले त्यो ५०० को नोट लाई कच्याक कुचुक पारेर मुठी पर्नु भयो र फेरी देखाउदै गाउले लाई सोध्नु भयो "अब को छ यहाँ अझै पनि यो नोट लिन चाहन्छ ?" फेरी पनि गाउले सबै ले हात उठाउन थाले । ल ठीक छ ! भन्दै योगी (गुरु) ले त्यो ५०० रुपैयाँको नोट लाई भुइमा राखेर लात्ताले कुल्चिनु भो , त्यो ५०० मो नोट माटै माटोले फोहोर भईसकेको थियो , अनी फेरी त्यो नोट देखाउदै गुरु ले भन्नु भयो "अझै कोइ छ यो नोट लिन चाहने ??" फेरी पनि गाउले हरु हात उठाउन थाले .......................
अनी गुरुले खुशी हुँदै भन्न थाल्नु भो " गाउले हरु आज तिमीहरुले यसबाट राम्रो पाठ सिकेकाछौ , मैले यो नोट लाई यती धेरै चोटि यस्को स्वरुप बिगार्ने प्रयास गरे , यतीधेरै फोहोर बनाए तर पनि तिमीहरुले यस्लाई लिन चाहयौ किन कि यो सबै हुँदा पनि यो नोट को मुल्य घटेको थिएन , अझै पनि यस्को मुल्य ५०० नै छ ।
तसर्थ जीवन मा हामी कयौ चोटि असफल हुन्छौ , लड्छौ गरेका निर्णयले कहिले हाम्रो इज्जत नै माटो मा मिलाईदिन्छ , हामीलाई यस्तो लाग्न थाल्छ कि , जीवन को कुनै अर्थ नै छैन। तर बिगत मा जे भयो र भविस्य मा जे भएपनी आफ्नो जीवन को मुल्य कहिल्यै कम हुँदैन । स्वयम आफु महत्वपूर्ण छु भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन ।
कहिल्यै पनि बिगतको निरशाले भविश्य को सपना हरु बर्बाद पार्नु हुँदैन , याद राख तिमीहरुसँग जो बहुमुल्य चिज छ त्यो तिमीहरुको जीवन हो ।"
-Poshan

Comments
Post a Comment